Kathmandu Press

सर्लाहीमा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने जिल्ला प्रशासनको निर्णय

काठमाडौं, साउन २० : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले अति आवश्यक बाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ।

....

बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको हो।

जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गरेको सिफारिस अनुसार अति आवश्यबाहेकका कामबाहेक अन्यमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। 

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्