Kathmandu Press

मास्क लगाएरै मनाइँदै गाईजात्रा (फोटो फिचर)

काठमाडौं, साउन २० : आजदेखि गाईजात्रा पर्व सुरु भएको छ। काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा धुमधामसँग मनाउन थालिएको छ।

यस वर्षको गाईजा....

मास्क लगाएरै मनाइँदै गाईजात्रा (फोटो फिचर)
रिवाज राई

काठमाडौं, साउन २० : आजदेखि गाईजात्रा पर्व सुरु भएको छ। काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा धुमधामसँग मनाउन थालिएको छ।

यस वर्षको गाईजात्रा पर्व भने विगतको भन्दा भिन्न देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाएरै सर्वसाधारण गाईजात्राका झाँकीहरु निकालिरहेका छन्।

Hardik ivf

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’को पहिलो दिन आजा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्