Kathmandu Press

सिआईबीका डिएसपी अंगुर जिसीद्वारा अदालतमा आत्मसमर्पण

महेन्द्रनगर, चैत ११ : निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डि....

सिआईबीका डिएसपी अंगुर जिसीद्वारा अदालतमा आत्मसमर्पण

महेन्द्रनगर, चैत ११ : निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का डिएसपी अंगुर जिसीले अदालतमा आत्मसमर्पण गरेका छन्।

उनले सोमबार कञ्चनपुर जिल्ला अदालतमा आत्मसर्मपण गरेका हुन् । उनको केही बेरमा बयान लिइने जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए।

जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको उपस्थितिमा अदालतका कर्मचारीले बयान लिने जनाएको छ । त्यसपछि आजै थुनछेकको बहस हुने श्रेस्तेदार अवस्थीले बताए।

साउन १० गते कपि लिन साथीको घर गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते घरनजिकै उखुबारीमा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको मेडिकल रिपोर्टमा देखिएको थियो।

त्यस घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले डिएसपी जिसीको नेतृत्वमा केन्द्रबाट प्रहरी टोली खटाएको थियो । उनको नेतृत्वको टोली साउन १३ गते नै महेन्द्रनगर पुगेको थियो।

त्यसपछि अनुसन्धानमा खटिएका उनले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टसँगै मिलेर प्रमाण नष्ट गरेको आरोप लागेको छ । प्रमाण नष्ट गरेको आरोप लागेका आठ जनामध्ये सात जना धरौटीमा रिहा भएका छन् । तत्कालीन एसपी बिष्ट आइतबार मात्रै साढे १० लाख धरौटी राखेर रिहा भएका थिए।

डिएसपी जिसी सम्पर्क नआएको जिल्ला प्रहरी कार्यालयले अदालतलाई जवाफ दिएको थियो । अन्य अभियुक्त धरौटीमा रिहा भएपछि उनले पनि सोमबार अदालतमा आत्मसर्मपण गरेका हुन्।

तत्काली एसपी बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका तत्काली इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरिएको थियो भने डिएसपी जिसीलगायत अनुसन्धानमा संलगन अन्य प्रहरी निलम्बन छन्।

 

प्रकाशित मिति: १२:५० बजे, सोमबार, चैत ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्