विप्लव पार्टीका कोशी ब्यूरो इन्चार्ज पक्राउ
मोरङ, चैत ११ : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ आइतबार राति पक्राउ पर....

मोरङ, चैत ११ : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ आइतबार राति पक्राउ परेका छन्।
उनलाई मोरङबाट पक्राउ गरिएको हो । संगगठन विस्तारका क्रममै रहेको बेला पक्राउ गरिएको जनाएको छ। केही दिन अघि नेकपा तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका थिए । उनी मध्य केन्द्रीय कमाण्डका इन्चार्ज हुन्।
उनी पक्राउ परेको एक साताभित्रै अर्का प्रभावशाली नेता पक्राउ परेका हुन् । उनीसँगै एकजना कार्यकर्ता पनि पक्राउ परेको जनाएको छ । उनको नाम खुलाइएको छैन्।ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय र त्यसपछि वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा बम बिस्फोट गरिएको थियो। त्यसपछि सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो ।
त्यसयता सरकारले नेकपाका कार्यकर्ता पक्राउ गर्न थालेको छ। विप्लवको पार्टीविरुद्ध सबै सुरक्षा संयन्त्र परिचालन गरिएका छन्।











