Kathmandu Press

कांग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौं, चैत ११ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ।

समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको कार्यालय, सिं....

कांग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौं, चैत ११ : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ।

समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाबारे समीक्षा हुने छ।

कांग्रेस सचेतक पुष्पा भुषालका अनुसार, सरकारका कामकारवाही र सार्वजनिक चासोका विषयमा पनि छलफल हुने छ।

संघीय संसद्को तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।

 

प्रकाशित मिति: ११:३८ बजे, सोमबार, चैत ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्