आगलागीमा चार घर जलेर नष्ट
इनरुवा, चैत ११ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।
आगलागीमा चार वटा घर र एक व....

इनरुवा, चैत ११ : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।
आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको जनाएको छ । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको घर जलेर नष्ट भएको हो । घरभित्रका लुगाकपडा, अन्नपात, भाडावर्तन, फर्निचरका सामग्री पनि जलेका छन्।
सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार, रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । स्थानीय बासिन्दा, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए। (रासस)
प्रकाशित मिति: ११:२८ बजे, सोमबार, चैत ११, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











