Kathmandu Press

रियल मड्रिड विश्वकै मूल्यवान क्लब

काठमाडौं, साउन १४ :  स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान क्लब बनेको छ।

ब्रान्ड फाइनान्स फुटबलले बुधबार सार्वजनिक गरेको क....

रियल मड्रिड विश्वकै मूल्यवान क्लब

काठमाडौं, साउन १४ :  स्पेनिस क्लब रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान क्लब बनेको छ।

ब्रान्ड फाइनान्स फुटबलले बुधबार सार्वजनिक गरेको क्लबको ब्रान्ड भ्यालुको सूचीमा रियल शीर्ष स्थानमा रहेको हो।  सन् २०२० मा रियलको ब्रान्ड भ्यालु १४ हजार ४ सय १९ मिलियनर युरो छ। कोरोना भाइरसका कारण रियलको ब्रान्ड भ्यालु गत वर्षभन्दा १४ प्रतिशतले घटेको छ। 

Hardik ivf

यसैगरी स्पेनकै अर्को क्लब बार्सिलोना सर्वाधिक ब्रान्ड भ्यालु हुने क्लबको सूचीमा दोस्रो स्थानमा छ। बार्सिलोना रियलभन्दा ६ मिलियनले मात्र पछि छ। उसको ब्रान्ड भ्यालु १४१३ मिलियन युरो छ। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।

यस्तै, १३१५ मिलियन युरो ब्रान्ड भ्यालु भएको युनाइटेड तेस्रो स्थानमा छ भने इपिएल च्याम्पियन लिभरपुल १२६२ मिलियन ब्रान्ड भ्यालुका साथ चौथो स्थानमा छ। पाचौं स्थानमा रहेको म्यान्चेस्टर सिटीको ११२४, छैठौं स्थानको बायर्न म्युनिखको १०५६, सातौं स्थानको पिएसजीको ९६७, आठौं स्थानको चेल्सीको ९४९, नवौं स्थानको टोटनह्यामको ७८४ मिलियन युरो ब्रान्ड भ्यालु छ भने १० औं स्थानमा रहेको आर्सनलको ब्रान्ड भ्यालु ७१९ मिलियन छ। 

कोरोना भाइरसका कारण यस पटक समग्रका क्लबको ब्रान्ड भ्यालु ७५१ अर्थात् मिलियन ३.७ प्रतिशतले घटेको छ। ६ वर्षमा पहिलो पटक यति धेरै ब्रान्ड भ्यालु घटेको हो।  यो पटक जर्मन क्लब एफसी क्लोन, आरबी लेइपजिग र इंग्लिस क्लब टोटनह्यामको ब्रान्ड भ्यालु सर्वाधिक वृद्धि भएको छ। यिनीहरुको ब्रान्ड भ्यालु ४० प्रतिशतले वृद्धि भएको छ। 

सन् २०२० मा सर्वाधिक ब्रान्ड भ्यालु भएका क्लबको शीर्ष १० मा ६ इंग्लिस क्लब छन्। जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यान्चेस्टर सिटी, चेल्सी, टोटनह्याम र आर्सनल छन्। यस्तै शीर्ष ५० मा १९ इंग्लिस क्लब छन्। 
 

प्रकाशित मिति: १९:३८ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्