सरकार भाषण र सस्तो लोकप्रियतामै रमायोः सिंह
झापा, चैत १०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक वर्षको अवधि पूरा गर्दा सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका छन्....
झापा, चैत १०: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एक वर्षको अवधि पूरा गर्दा सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका छन्।
कांग्रेस झापा जिल्ला समितिले आइतबार गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली कामभन्दा भाषण र सस्तो लोकप्रियतामा रमाइरहेको आरोप लगाए। उनले विकास बजेटसमेत खर्च गर्न नसक्ने सरकारले लगानी सम्मेलन गर्नुको कुनै तुक नरहेको बताए।
सिंहले सरकार सुरक्षा परिषदलाई कमजोर बनाएर प्रधानमन्त्रीलाई नै सर्वेसर्वा बनाउन खोजिनुले सरकारको नियतमाथि नै आशंका उब्जिएको आरोप लगाए।
फरक प्रसंगमा उनले कांग्रेसभित्र विधिसम्मत निर्णय गर्ने पद्धती नहुँदा पार्टी कमजोर बनेको बताए।
पार्टीभित्र कार्यकर्ताको उचित मुल्यांकन नगरी तेरो र मेरो भन्ने कुरा हाबी भएकाले गत निर्वाचनमा पराजय भोग्नु परेको उनको भनाइ छ।






