कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार
काठमाडौं, चैत १०: नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
हेम्स अस्पतालले आइ....

काठमाडौं, चैत १०: नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको छ।
हेम्स अस्पतालले आइतबार विज्ञप्ति जारी गरी नेता सिटौलाको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले पनि सघन उपचार कक्ष (आइसियु)मै राखेर उपचार जारी राखिएको जनाएको छ।
सिटौला शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेको चिकित्सकहरुले जनाएका छन्।
प्रकाशित मिति: १७:५९ बजे, आइतबार, चैत १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार