Kathmandu Press

कमलादीबाट बरामद भएको साढे १४ किलो सुन नक्कली

काठमाडौं, साउन १३ : महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्रै सक्कली भएको पाइएको छ।

....
कमलादीबाट बरामद भएको साढे १४ किलो सुन नक्कली

काठमाडौं, साउन १३ : महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले बरामद गरेको १५ किलो सुनमध्ये आधा किलो मात्रै सक्कली भएको पाइएको छ।

प्रहरीले बरामद गरेको १५ किलो सुन जस्तो देखिने धातुमध्ये साढे १४ किलोमा पित्तलको जलप लगाएको परीक्षणबाट पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले गोली बिनाको दुई पेस्तोल पनि सुन भएको झोलाबाट बरामद गरेको थियो।  

प्रहरीले विषेश सुचनाका आधारमा अवैध सुन कारोबारीको पिछा गर्दा उक्त बस्तु बरामद गर्न सफल भएको परिसरका प्रमुख श्याम ज्ञावलीले बताए। प्रहरी पुगेको सूचना पाएपछि सुन तस्कर भने झोला फालेर फरार भएका थिए। उनीहरुको खोजीकार्य जारी रहेको ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्