Kathmandu Press

एकलौटी रुपमा बैठक स्थगितको कारण बुझ्न प्रचण्ड-खनाल ओलीसँग परामर्शमा 

काठमाडाैं, साउन १३ : एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गर्नुको कारण बुझ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले  प....

एकलौटी रुपमा बैठक स्थगितको कारण बुझ्न प्रचण्ड-खनाल ओलीसँग परामर्शमा 
फाइल

काठमाडाैं, साउन १३ : एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गर्नुको कारण बुझ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग संवाद थालेका छन्।

स्थायी कमिटी बैठकबारे दुई पक्षबीच मतभेद भइरहेका बेला मंगलबार अध्यक्ष प्रचण्ड  र वरिष्ठ नेता खनालले  बालुवाटारमा प्रधानमन्त्री ओलीसँग परामर्श गरिरहेका हुन्। ओली पक्षका नेता बैठकमा अनुपस्थित भएपछि २४ जना सहभागी भएर  अध्यक्ष प्रचण्डले बैठक केहीबेर सञ्चालन गरेका थिए।

अहिले बैठक स्थगित गरी प्रचण्ड र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका छन्। '२४ जना स्थायी कमिटी सदस्यसहित केहीबेर स्थायी कमिटी बैठक बस्यो। हामी बैठक नरोक्ने पक्षमा छौँ, अध्यक्ष ओलीले एकलौटी रुपमा बैठक स्थगित गर्नुका कारण र अन्य विषयमा परामर्श गर्न हामीले छलफल गर्न लागेका हौँ,' नेता खनालले भने। 

आठ पटकसम्म रोकिँदै आएको स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजेका लागि डाकिएको थियो। प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेलमार्फत पत्र पठाएर बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी अन्य नेताहरुलाई गराएका थिए।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्