Kathmandu Press

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ।

राजदूत यान्छ....

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं, साउन १३ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ।

राजदूत यान्छी वरिष्ठ नेता पौडेललाई भेट्न मंगलबार बिहान बोहोराटारस्थित पौडेल निवास पुगेकी थिइन्। सयौं वर्ष पहिलेदेखिको नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्षगाँठका अवसरमा राजदूत यान्छीसँग भेटघाट भएको भएको पौडेलको निजी सचिवालयले जनाएको छ। 

राजदूत यान्छीले चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्न तयार रहेको बताएको पौडेलको निजी सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

यस्तै, उनीहरूबीचको भेटमा कांग्रेसका संस्थापक एवं पूर्वसभापति वीपी कोइराला र  माओत्से तुङकापालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे पनि कुराकानी भएको थियो। 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्