Kathmandu Press

कुसुम खोलाका विस्थापितलाई घर बनाइदिन प्रचण्डको निर्देशन

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडी....

कुसुम खोलाका विस्थापितलाई घर बनाइदिन प्रचण्डको निर्देशन

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन्। 

उनले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन्। निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ। 

सोही क्षेत्रबाट निर्वाचित दाहालले घटनालगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न निर्देशन दिएका हुन्। ढकालले भने,'बजेटको व्यवस्थापन गरौँला, तत्काल उनीहरुको बासस्थानको व्यवस्थापन गर्नुस् भन्नुभएको छ।' ढकालले एक महिनाभित्र माडी नगरपालिका–७ को गौरीगाउँमा उनीहरुको घर निर्माण गरिने बताए। त्यहाँ रहेका अन्य सुकुम्वासीलाई नगरपालिकाका विभिन्न ठाउँमा राखिसकिएको छ। 

कुसुमखोला घटनापछि दाहालपुत्री भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो क्षेत्रमा आफैँ पुगेर अवस्थाका बारेमा जानकारी लिएका थिए। उनले भने, 'घटना दुःखद हो। यसबाट अध्यक्ष दाहाल पनि चिन्तित हुनुहुन्छ।'

केही दिनअघि बाढीबाट प्रभावित भएका र नारायणी नदीको कटानको अवस्थाका बारेमा बुझ्न पुगेका पूर्वप्रधानमन्त्री दाहालले माडीका बाढी प्रभावितलाई समेत भेट गरेका थिए। दाहालको क्षेत्र भरतपुर महानगरको धेरै भाग र माडी नगरपालिकामा पर्दछ। 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्