Kathmandu Press

प्रधानमन्त्री ओलीले एकलौटी स्थायी समिति स्थगित गरेपछि प्रवक्ता श्रेष्ठले भने- बैठक स्थगित भएको छैन 

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेको भन्दै अर्को पक्षले असहमति जना....

प्रधानमन्त्री ओलीले एकलौटी स्थायी समिति स्थगित गरेपछि प्रवक्ता श्रेष्ठले भने- बैठक स्थगित भएको छैन 

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक केपी शर्मा ओलीले एकतर्फी रुपमा स्थगित गरेको भन्दै अर्को पक्षले असहमति जनाएको छ। 

आजका लागि तय भएको स्थायी समतिको बैठक प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह नै नगरी एकपक्षीय रुपमा स्थगित गरेका छन्। 

नेकपा प्रवक्ता नायारयकाजी श्रेष्ठले भने बैठक स्थगित नभएको बताए। उनले काठमाडौंप्रेससँग भने, ‘स्थायी समितिको बैठक कहिले बस्ने भनेर मिति स्थायी समितिकै बैठकबाट तय भएको हो। अरुले कहाँबाट स्थगित भएको भने हामीलाई थाहा छैन। बैठक स्थगित गर्ने हो भने पनि दुवै अध्यक्ष (प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्ड) बीच छलफल हुनुपर्छ। अहिले हामी बैठक कक्षमा नै छौं।’ 

यस्तै नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले नेकपा महासचिव विष्णु पौडेलले अनिश्चितकालका लागि बैठक स्थागित भएको पत्र पठाएको बताए। उनले भने, ‘महासचिवबाट बैठक स्थगित भएको पत्र आएको छ तर बैठक भने चल्ने तयारीमा छ। अहिले बैठक चल्ने÷नचल्ने भन्ने विषयमा छलफल भइरहेको छ।’

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्