रुकुम पश्चिममा पहिरोले घर पुरिँदा दुईको मृत्यु
रुकुम पश्चिम, साउन १३ : पहिरोले घर पुरिँदा रुकुम पश्चिममा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान बाँफिक....

रुकुम पश्चिम, साउन १३ : पहिरोले घर पुरिँदा रुकुम पश्चिममा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान बाँफिकोट गाउँपालिका ९ स्यालामा गएको पहिराले हस्तबहादुर सुनारको घर पुरिएको थियो।
घर पुरिँदा उनका दुई भाइ २२ वर्षीय नविन र १६ वर्षीय बलबहादुर वेपता भएका थिए। उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ठगबहादुर केसीले बताए। प्रहरीका अनुसार बिहान तीन बजेतिर पहिरो गएको थियो। पहिरो गएको थाहा पाउनेवितिक्कै स्थानीय वासिन्दाले चार जनाको उद्धार गरेको थियो। दुई जना भने वेपत्ता रहेका थिए।
स्थानीय वास्न्दिाले हस्तबहादुरकी आमा ६० वर्षीया झुपी, उनकी श्रीमती २२ वर्षीया ब्युझना, छोरीहरु पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतुको उद्धार गरेको हो।











