कमलादीबाट १५ किलो सुन बरामद
काठमाडौं, साउन १३ : महानगरीय प्रहरी परिसर काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ। अवैध रुपमा भित्र्याएर लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमा....

काठमाडौं, साउन १३ : महानगरीय प्रहरी परिसर काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ। अवैध रुपमा भित्र्याएर लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुन बरामद भएको परिसरका एक प्रहरीले जानकारी दिए।
प्रहरी परिसरका प्रमुख एसपी श्याम ज्ञवालीका अनुसार मंगलबार बिहान प्रहरीले सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको छ। उनले मध्यान्न १२ः ३० बजे पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने बताए।
प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











