Kathmandu Press

'केन्द्रीय कमिटीमार्फत विवाद समाधान गर्नुको विकल्प रहेन'

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी विवाद समाधान गर्न असमर्थ भएपछि केन्द्रीय कमिटी बैठक माग गर्ने तयारी भएको छ।

....
'केन्द्रीय कमिटीमार्फत विवाद समाधान गर्नुको विकल्प रहेन'

काठमाडौं, साउन १३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी विवाद समाधान गर्न असमर्थ भएपछि केन्द्रीय कमिटी बैठक माग गर्ने तयारी भएको छ।

स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएपछि यो तयारी सुरू भएको हो। बैठक माग गर्नका लागि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन गरिसकेका छन्। अब छिट्टै बैठकको माग नेतृत्व समक्ष राख्ने तयारी भएको सदस्य निरज आचार्यले जानकारी दिए।

'स्थायी कमिटी बैठक अनिश्चितकालको लागि स्थगित भयो। अब केन्द्रीय कमिटीमार्फत विवाद समाधान गर्नुको विकल्प रहेन,' उनले भने।

विधान अनुसार ४० प्रतिशत सदस्यले हस्ताक्षर गरेपछि बैठक बोलाउनुपर्छ। एक सय जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भएको आाचार्यले काठमाडौं प्रेसलाई जानकारी दिए।

प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्