एक वर्षमा कुनै देशले नबनाएको ऐतिहासिक रेकर्ड हामीले बनायाैं: प्रधानमन्त्री
काठमाडौं, चैत १०: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले एक वर्षको अवधिमा ऐतिहासिक रेकर्ड बनाएको दाबी गरेका छन्।
आइतबार प्....

काठमाडौं, चैत १०: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले एक वर्षको अवधिमा ऐतिहासिक रेकर्ड बनाएको दाबी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा संसदले १२६ वटा ऐन निर्माण गरेको बताए। ‘हामीले एक वर्षमा १२६ वटा ऐनहरु निर्माण गर्यौं। यो अरु कुनै देशको संसदले नगरेको काम हो। एक वर्षमा हामीले बनाएको यो ऐतिहासिक रेकर्ड नै हो,’उनले भने।
उनले संसदबाट एक वर्षमा १३ वटा ऐन संशोधन भएको तथा ४७ वटा नियमावली खारेज गरिएको जानकारी दिए। उनले केही नेपाल ऐन संशोधन गर्ने विधेयकबाट १९३ वटा ऐन संशोधन संसदबाट भएको बताए। प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको आधार वर्षका रुपमा एक वर्षलाई लिनु पर्ने बताए।
उनले भने,‘संसदको यो एक वर्ष संविधान कार्यान्वयनको आधार वर्षको रुपमा रह्यो। संरचना निर्माण, व्यवस्थापन सु–सञ्चालन, सु–सम्बन्ध र सु–सञ्चालन सहज कुरा थिएन। तर, ती कुराहरु हामीले सहज ढंगले पार गर्यौं।’ उनले संसदको तेस्रो अधिवेशन गतिशिल अधिवेशन भएको पनि बताए। प्रधानमन्त्री ओलीले संसदप्रति उदरयादी सरकारले अत्यन्तै सक्रियतापूर्वक काम गरिरहेको पनि बताए।











