Kathmandu Press

कालिकोटमा खोलाले घर बगाउँदा एकको मृत्यु, पाँच वेपत्ता

कालिकोट, साउन १३ : कालिकोटमा खोलाले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्।

आज बिहान रास्कोट नगरपालिका–१ ....

कालिकोटमा खोलाले घर बगाउँदा एकको मृत्यु, पाँच वेपत्ता

कालिकोट, साउन १३ : कालिकोटमा खोलाले दुई घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्।

आज बिहान रास्कोट नगरपालिका–१ बड्तोलामा खोलाले घर बगाएको छ। घर बगाउँदा एकै परिवारका पाँच जना वेपत्ता भएका थिए।

उनीहरुमध्ये एक जनाको शव भेटिएको र अन्यको खोजी भइरहेको रास्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशिचन्द्र बरालले बताए। भेटिएको शवको पहिचान हुन सकेको छैन।

त्यस्तै, रास्कोट नगरपालिका९ मा पहिरोले घर बगाउँदा एक जना वेपत्ता भएका छन्। उनको खोजी भइरहकेो जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्याम ओलियाले घटनास्थलतर्फ उद्धारका प्रहरी टोलीले पठाएको बताए। तर, वर्षा भइरहेकाले प्रहरी टोली घटनास्थल पुग्न सकेको छैन।

प्रकाशित मिति: ११:०६ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्