Kathmandu Press

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, साउन १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष....

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित
फाइल फाेटाे

काठमाडौं, साउन १३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमै आजको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापाले बताए। उनका अनुसार दुवै अध्यक्षबीच आवश्यक परामर्श र छलफलका लागि बैठक स्थगित गरिएको हो।

 

नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको थियो। नेकपाको आन्तरिक विवादका कारण असार १८ गतेदेखि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ।

प्रकाशित मिति: १०:४७ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्