Kathmandu Press

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, साउन १३ : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

....
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, साउन १३ : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय, टाँडीका अनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय युवकको मृत्यु भएको हो। ट्रकको ठक्करबाट घाइते युवकको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको सनाखत हुनसकेको छैन।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ४ ख ४१५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना ४७ प ६१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक भागेका छन्।

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्