Kathmandu Press

स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डकाे आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल

काठमाडौं, साउन १३ : नेकपा स्थायी कमिटी बैठक अघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन्....

स्थायी कमिटी बैठक अघि ओली र प्रचण्डकाे आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल
फाइल फाेटाे

काठमाडौं, साउन १३ : नेकपा स्थायी कमिटी बैठक अघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफू निकट नेताहरुसँग छलफल गरेका छन्।

नेकपा स्थायी कमिटी बैठक आज बिहान ११ बजे बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नु अघि दुवै अध्यक्षले आफू निकट नेताहरुसँग छलफल गरेका हुन्।

आज बिहान आफू निकट सचिवालय र स्थायी कमिटी सदस्यहरुलाई ओलीले बालुवाटार बोलाएका थिए। उनले आगामी रणनीतिबारे छलफल गरेको एक नेताले बताए। छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई पछाडि नहट्न सुझाव दिएको जनाएको छ।

त्यस्तै, प्रचण्डले पनि आफू निकट नेताहरुलाई खुलमटार बोलाएर छलफल गरेका छन्। उनले प्रधानमन्त्री ओलीलाई भेट्न जानु अघि आफू निकटका सचिवालय र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका हुन्।

प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन निर्देशन दिने तयारी गरेका छन्। त्यहि अनुसार आजको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन। असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको छ।

 

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्