Kathmandu Press

पहिरोले दार्चुलामा दुई घर पुरिँदा दम्पती बेपत्ता

दार्चुला, साउन १३ : आज बिहानै गएको पहिरोले दार्चुलामा दुई घर पुरिँएका छन्। घर पुरिँदा दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय, दार्....

पहिरोले दार्चुलामा दुई घर पुरिँदा दम्पती बेपत्ता

दार्चुला, साउन १३ : आज बिहानै गएको पहिरोले दार्चुलामा दुई घर पुरिँएका छन्। घर पुरिँदा दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार आज बिहान दुहु गाउँपालिका–३ सल्लेखेतीमा पहिरो गएको हो। पहिरोमा परेर स्थानीय ५० वर्षीय रामदत्त जोशी र उनकी पत्नी ४५ वर्षीया इन्द्रा बेपत्ता भएका छन्।

मंगलबार बिहान ४ः४५ बजे पहिरो खसेको थियो। घरमा सुतिरहेका जोशी दम्पती पहिरोमा पुरिएको स्थानीय वासिन्दाले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा पुरिएर वेपता भएकाहरुको खोजीका लागि प्रहरी चौकी, ब्रह्मदेवबाट प्रहरी टोली खटिएको छ। स्थानीय वासिन्दा र प्रहरीले खोजी गरिरहेको उनले बताए।

उनीहरुका छोरा सुनिल भने पुरिनबाट जोगिएका छन्। पहिरो खसेको चाल पाएपछि उनी भागेर जोगिएको प्रहरीले जनाएको छ।

पहिरोले पूरै घर पुरिएको छ। घरको एकातिरको पर्खाल मात्रै देखिएको स्थानीय वासिन्दाले बताएका छन्।

त्यस्तै, बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा परि चार जनाको मृत्यु भएको छ। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो गएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले केही दिन देशभर वर्षा हुने जनाएको छ।

 

प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्