बागलुङमा पहिरो, चार जनाको मृत्यु
काठमाडौं, साउन १३ : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरि....

काठमाडौं, साउन १३ : बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छिन् । उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
उता, सडक निर्माणका क्रममा सिँचाइ कुलो भत्किएपछि यहाँको ३२ हेक्टर जमिनमा सिँचाइ अभाव भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा २० वर्षअघि निर्माण भएको सिँचाइ कुलो रहेकै ठाउँबाट कच्ची सडक बनाउँदा किसान मर्कामा परेका हुन् ।
त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उनको पहिचान नखुलेको जनाइएको छ ।











