Kathmandu Press

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरू (लाइभ)

काठमाडौं,  चैत १०:  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन्।

संसद भवन नयाँ बानेश्वरमा आइतबार तेस्....

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरू (लाइभ)

काठमाडौं,  चैत १०:  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन्।

संसद भवन नयाँ बानेश्वरमा आइतबार तेस्रो बैठकमा प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनले गरेका काम कारवाहीबारे जानकारी गराइरहेका छन्। बैठकमा प्रधानमन्त्री ओलीले आसन्न लगानी सम्मेलन, सीके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनसँगको सहमतिलगायत विषयमा सम्बोधन गर्ने कार्यक्रम छ।

संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाटै सकिँदैछ। यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेसमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए। 

हेर्नुस् लाइभ:

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, चैत १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्