Kathmandu Press

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

काठमाडौं, साउन १३ : डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपे....

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

काठमाडौं, साउन १३ : डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् ।

नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो ।

उनको शव परीक्षणका लागि  अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । (रासस) 

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्