Kathmandu Press

पशुपतिनाथको मन्दिर बन्द, ढोकामै पूजापाठ (फोटोफिचर)

काठमाडौं, साउन १२ : लकडाउन खुलेपनि कोरोना भाइरसको संक्रमणका कारण मठ, मन्दिर बन्द छन्। तैपनि भक्तजन भने पूजापाठका लागि मन्दिर जान थालेका छन्।

पशुपतिनाथको मन्दिर बन्द, ढोकामै पूजापाठ (फोटोफिचर)

काठमाडौं, साउन १२ : लकडाउन खुलेपनि कोरोना भाइरसको संक्रमणका कारण मठ, मन्दिर बन्द छन्। तैपनि भक्तजन भने पूजापाठका लागि मन्दिर जान थालेका छन्।

कोरोना कारण पशुपतिनाथको मन्दिर पनि बन्द छ। तर, भक्तजन साउनको दोस्रो सोमबारको पूजापाठ गर्न पशुपतिनाथ पुगेका छन्। उनीहरुले मन्दिरको ढोकामै पूजापाठ गरेका छन्।

सोमबार बिहानदेखि भक्तजन आउने थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज मध्याह्नसम्म करि पाँच हजार भक्तजन पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । साउनको पहिलो सोमबार पनि भक्तजन आएका थिए।

साउन महिनामा सोमबार व्रत बसेर शिवको पूजा गर्ने धार्मिक प्रचलन छ। पूजापाठका लागि भक्तजन पशुपतिनाथ पुगेका छन्। तर सरकारले अनुमति नदिएकाले मन्दिर नखोलिएको कार्यकारी निर्देशक खतिवडाले बताए।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, साउन १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्