मुलुकी संहिता संशोधनसम्बन्धी विधेयक पारित
काठमाडौं, चैत १०: ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित भएको छ।
प्रत....

काठमाडौं, चैत १०: ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित भएको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको हो। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रस्ताव राखेका थिए।
सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री ढकालले जनताको दैनिकीसँग जोडिएका कानूनमा भएका जटिलता फुकाउन सरकार सधैँ सकारात्मक रहेको बताए। छलफलमा सांसदहरु प्रेम सुवाल, पुष्पा भुसाल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङलगायतले आफ्ना धारणा राखेका थिए।
प्रकाशित मिति: १५:०९ बजे, आइतबार, चैत १०, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











