Kathmandu Press

शेयर बजारमा पुन: सकारात्मक संकेतहरु 

काठमाडाैं, साउन ११ : आज भने बजारले सकारात्मक दिशा समातेको छ। आज बजार  एक दशमलव ५५ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक २२ दशमलव ४० अंकले बढ....

शेयर बजारमा पुन: सकारात्मक संकेतहरु 

काठमाडाैं, साउन ११ : आज भने बजारले सकारात्मक दिशा समातेको छ। आज बजार  एक दशमलव ५५ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक २२ दशमलव ४० अंकले बढेर १४६५ दशमलव १० को विन्दुमा बन्द भएको छ। आज बजार  १४४५ दशमलव ६० को विन्दुमा खुलेकोमा १४६५ दशमलव १० को उच्च विन्दुसम्म पुगेको थियो। आजको न्यून विन्दु १४४४ दशमलव ७८ को न्यून विन्दुसम्म पुगेको थियो। आजको उच्च विन्दु नै अन्तिम विन्दु रहेकोले यसलाई सकारात्मक संकेत मानिन्छ। 

आज १ अर्ब ९४ करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजार बढ्नुका साथै कारोबार बढ्नुलाई पनि सकारात्मक मानिन्छ।

आजको बजारको अवस्था  

Hardik ivf

आज सर्वाधिककारोवार हुने कम्पनी :

आज सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको शेयर सर्वाधिक किनबेच भएको छ। नेपाल लाईफ इन्स्योरेन्सको २५ करोड ८४ लाख बराबरको शेयर किन बेच भएको छ।

सर्वाधिक कमाउने  र गुमाउने कम्पनीहरु :

आज तारागाउँ रेजेन्सी र मिर्मिरे लघुवित्तका शेयर धनीले सर्वाधिक ९ प्रतिशत भन्दा माथि कमाएको छ भने बेस्ट फाइनान्सका शेयर धनीले सर्वाधिक ६ दशमवल ५४  प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण :

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको र केही सच्चिएर १४१७ को क्षेत्रदेखि टेवा प्राप्त गरी बजार पुन सकारात्मक हुन सक्ने प्रवल संकेत गरेको छ। आज बजारले बुलिस मैनबत्ती आकृती बनाएको छ। यसले अर्को कारोबार दिनपनि बजार सकारात्मक हुने सक्ने संकेत गरेको छ। आजको परिमाणले मैनबत्तीलाई पनि समर्थन गरेको छ। 

चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज कारोबारको पहिलो समयदेखि अन्तिम समयसम्म नै बजार सकारात्मक हुँदै गएको संकेत गरेको छ। 

निश्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिहरुलाई समग्र रुपमा हेर्दा बजारले १४१७ मा टेवा प्राप्त गरेको देखिन्छ र बजार सकारात्मक हुन सक्ने प्रवल सम्भावना रहेको देखिन्छ। हालको तत्कालिन प्रतिरोध र टेवा क्रमशः १४८० र १४५० को क्षेत्रमा रहेको देखिन्छ। 

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, साउन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्