Kathmandu Press

पहिरोमा वेपत्ता चालकको शव भेटियो (अपडेट)

बागलुङ, साउन ११ : शनिबार राति बागलुङको बाग्लुङ ननगरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव ....

पहिरोमा वेपत्ता चालकको शव भेटियो (अपडेट)

बागलुङ, साउन ११ : शनिबार राति बागलुङको बाग्लुङ ननगरपालिका–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ।

पहिरामा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरामा परी बेपत्ता भएका थिए।

उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए। सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।

पहिरामा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए। तिनलाई पनि निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्