Kathmandu Press

आरडीटी पोजेटिभ देखिएका वृद्धको काेभिड अस्पतालमा मृत्यु

वीरगञ्ज, साउन ११ : आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजिभिट देखिएका एक वृद्धको गण्डक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको छ।

वीरगञ्जको आदर्शन....

आरडीटी पोजेटिभ देखिएका वृद्धको काेभिड अस्पतालमा मृत्यु

वीरगञ्ज, साउन ११ : आरडीटीबाट कोरोना परीक्षण गर्दा पोजिभिट देखिएका एक वृद्धको गण्डक अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको छ।

वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका ६५ वर्षीय भारतीय नागरिककाे आज बिहान उपचारकै क्रममा मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा.उदयनारायण सिंहले बताए। उनको नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा उपचार भइरहेको थियो।

उनी मधुमेह र मुटुरोगीबाट पीडित थिए। केही दिन अघि स्वास्थ्य समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।

शनिबार उनको नारायणी अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। पीसीआर बिधिबाट कोरोना परीक्षणको रिपोट आएको छैन।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको थियो। शनिबार साँझ आरडीटी बिधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ आएको थियो। त्यसपछि राति नै उनलाई गण्डक कोभिड अस्पताल भर्ना गरिएको थियो।

उनको अवस्था गम्भीर भएपछि गएराति ११ बजे भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममै आज बिहान ६ः४० बजे मृत्यु भएको गण्डक अस्पतालका संयोजक सिंहले बताए।

कोरोना संक्रमण बढ्न थालेपछि वीरगञ्जमा सतर्कता अपनाइएको छ। शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित मिति: १०:५८ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्