ट्रक दुर्घटनामा छोराको मृत्यु, बाबु घाइते
हेटौंडा, साउन ११ : मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपु....

हेटौंडा, साउन ११ : मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–९ खरङ्गामा आज बिहान ट्रक दुर्घटना भएको हो।
सडकबाट ३० फिट तल खस्दा ट्रकका सहचालक २० वर्षीय राज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा मृतक राजका बाबु तथा ट्रकका चालक लक्ष्मीनारायण चौधरी घाइते भएका छन्।
बाराबाट मकै लिएर चितवनतर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट तल झरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकले च्यापिएर राजको मृत्यु भएको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १०:४० बजे, आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











