पोखरीमा डुबेर सर्लाहीमा दुई बालिकाको मृत्यु
सर्लाही, साउन ११ : पोखरीमा डुबेर सर्लाहीको ईश्वरपुरमा दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ईश्वरपुर नगरपालिका–१....

सर्लाही, साउन ११ : पोखरीमा डुबेर सर्लाहीको ईश्वरपुरमा दुई बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका दुई बालिकको शव पोखरीमा भेटिएको हो। स्थानीय रामपृत महतोकी १३ वर्षीया छोरी अन्जलीकुमारी महतो र आनन्द महतोकी १० वर्षीया छोरी आरती महतोको पोखरीमा डुबेर मृत्यु भएको केशरगञ्ज इलाका प्रहरी कार्यालयले जनाएको छ।
उनीहरु शनिबार दिउसो बाख्रा चराउन गएका थिए। अबेर साँझसम्म नआएपछि खोजी सुरु भएको थियो।
खोज्ने क्रममा राति ९ः३० बजेतिर बालिकाहरुको शव पोखरीमा भेटिएको स्थानीय वासिन्दाले बताए। उनीहरुको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय प्रकाश महतोले माछा पालन गर्ने उद्देश्यले पोखरी बनाएका थिए। उनले आफ्नै जग्गामा पोखरी बनाएको भएपनि सुरक्षाका उपाय अपनाएका थिएनन्। खुल्ला छोडेकाले बालबालिकाको मृत्यु भएको स्थानीय वासिन्दाको भनाइ छ।
तीन अघि झापा र धनुषामा पनि पोखरीमा डुबेर मृत्यु भएको थियो। झापामा तीन बालकको र धनुषामा एक युवकले ज्यान गुमाएका थिए।











