Kathmandu Press

भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना संक्रमित 

काठमाडौं, साउन ११ : भारतमा गत केहि दिनयता झण्डै ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन् ।

लगातार संक्रमितको संख्या....

भारतमा दैनिक ५० हजारको हाराहारीमा कोरोना संक्रमित 

काठमाडौं, साउन ११ : भारतमा गत केहि दिनयता झण्डै ५० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गइरहेका छन् ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा आइतबार यो समाचार तयार पार्दा पनि पछिल्लो २४ घण्टा ४८ हजार ४७२ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण पुष्टि भएको थियो ।

तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८१० जना संक्रमित भएका छन् । विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी रहेको भारतमा कुल संक्रमित संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८ लाख ८६ हजार २३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ६७ हजार १६३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको ३२ हजार ९६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:२० बजे, आइतबार, साउन ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्