Kathmandu Press

कांग्रेस नेता ओझा, जोशी र विष्ट पार्टीबाट निस्काशित

काठमाडौं, साउन १० : कांग्रेस अनुशासन समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वसांसद पुस्करनाथ ओझा र डडल्धुरा पार्टी कार्यालय सचिव रामबहादु....

कांग्रेस नेता ओझा, जोशी र विष्ट पार्टीबाट निस्काशित

काठमाडौं, साउन १० : कांग्रेस अनुशासन समितिले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, पूर्वसांसद पुस्करनाथ ओझा र डडल्धुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गरेको छ।

शनिबार पार्टीको अनुशासन समितिले गत चुनावमा पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन जनालाई निष्कासन गर्ने निर्णय गरेको जनाएको छ । गत निर्वाचनमा नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।पूर्वसांसद एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्कासन गरिएको छ । ओझाले कैलाली क्षेत्र नम्वर ५ की उम्मेदबार डा. आरजु राण देउवालाई चुनाव हराउन भूमिका खेलेका थिए।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निस्काशन गरिएको छ । अनुशासन समितिले तीनै जनासँग स्पष्टीकरण सोधेर चिक्तबुझ्दो जवाफ नआएको भन्दै निष्कासन गरेका जनाएका छ । 


 

प्रकाशित मिति: २१:१५ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्