Kathmandu Press

पूर्वमन्त्री थापा सहित राप्रपाका ३० जनाले पार्टी परित्याग गरे 

काठमाडौं, साउन १० : पूर्वमन्त्री सुनीलबहादुर थापा सहित ३० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताले  पार्टीबाट संयुक्त ....

पूर्वमन्त्री थापा सहित राप्रपाका ३० जनाले पार्टी परित्याग गरे 

काठमाडौं, साउन १० : पूर्वमन्त्री सुनीलबहादुर थापा सहित ३० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताले  पार्टीबाट संयुक्त राजीनामा गरेका छन्। 

शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै थापा सहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३० जनाले राजीनामा पत्र बुझाएका हुन् ।

राजिनामा पत्रमा नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको उल्लेख छ ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा भएको बुझिएको छ । 
 

प्रकाशित मिति: २०:४८ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्