Kathmandu Press

सरकार छ कि छैन ? भनेर खोज्ने अवस्था आयो : कर्ण

काठमाडौं, साउन १० : जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याउने चेतावनी....

सरकार छ कि छैन ? भनेर खोज्ने अवस्था आयो : कर्ण
फाइल

काठमाडौं, साउन १० : जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन्। 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने,‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आइराखेको छ। यो सरकारको विकल्प खोज्नुपर्छ। लोककल्याणकारी सरकारको नितान्त आवश्यक भइसकेको छ। यसको लागि हामीले सोच बनाइसकेका छौँ।’

उनले वर्तमान सरकार छ कि छैन? भनेर खोज्ने अवस्था रहेको चित्रण गरे।  उनले भने,‘यो सरकार कतै पनि देखिएन। प्रत्येक वर्ष बाढीपहिरोको समस्या आउँछ। तर, यो सरकार के हेरेर बसेको छ? यो सरकार पाँच वर्ष नै चलोस् भन्ने हाम्रो कल्पना हो। तर, यो सरकारको कुनै काम छैन। यसले काम गर्न सकेन।’


 

प्रकाशित मिति: १७:५५ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्