Kathmandu Press

नेकपा फुट्दैन, फुटे नेपाल विदेशीको ‘प्ले-ग्राउण्ड’ बन्छ : गुरुङ

काठमाडौं, साउन १० : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका छन्। ....

नेकपा फुट्दैन, फुटे नेपाल विदेशीको ‘प्ले-ग्राउण्ड’ बन्छ : गुरुङ

काठमाडौं, साउन १० : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारेका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने बताएका हुन्। गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। सरकारको काम कारबाहीमा कमिकमजोरी भए सुधार गरेर लैजानुपर्ने उनको तर्क छ।

उनले बहुमत प्राप्त पार्टी विभाजन भयो भने संसद हंक–पार्लियामेन्टमा रुपान्तरण हुने खतरा औंल्याए।

गुरुङले भने,‘विगतमाजस्तै डेडलक कायम हुन्छ। भोलि पार्लियामेन्ट डिजल्भ हुनपनि सक्छ। यो सिस्टम कोल्याप्स हुनसक्छ। दलको विभाजन केसँग जोडिएको छ भने नेपाल अफगानिस्तान बन्ने कि नबन्ने भन्नेसँग जोडिएको छ। दलहरु विभाजन हुन र जुट्न सक्छन्। यो स्वभाविक प्रक्रिया हो। तर, यतिखेर नेकपालाई विभाजन हुने छुट छैन। नेकपा तलमाथि भयो भने त्यसले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउनेछ। नेपाल अफगानिस्तान, सिरिया, लेबनान बन्नेछ।’

उनले पार्टीभित्रको विवादबारे छलफल र बहस भैरहेको बताए।  पार्टीको निर्णय सबैले मानेर नै अघि बढ्नुपर्ने उनको तर्क छ। भारतीय मिडियाले नेपालबारे गरेका प्रचार अफवाहबाहेक अरु केही पनि नभएको उनको टिप्पणी छ। 

प्रकाशित मिति: १७:४९ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्