Kathmandu Press

थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १० : नेपालमा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जना....

थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौं, साउन १० : नेपालमा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या  १८ हजार ४८३  पुगेको छ। संक्रमितमध्ये कोरोनालाई जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ। 

प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १०६ जना निको भएर घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्