Kathmandu Press

गजेन्द्रनारायण अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

राजविराज, साउन ९ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत १४ जना चिकित्सकलाई क्वारेन्टिनमा राखिएको छ।

स्पताल....

गजेन्द्रनारायण अस्पतालका १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

राजविराज, साउन ९ : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत १४ जना चिकित्सकलाई क्वारेन्टिनमा राखिएको छ।

स्पताल भर्ना भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाको संक्रमण पुष्टि भएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले जानकारी दिए। 

स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई वटा होटेलमा क्वारेन्टिनमा राखिएको छ।  राजविराज–६ निवासी ७३ वर्षीय व्यापारीको साउन १ गते राति मृत्यु भएपछि मृतकको परिवारका पाँच जना सदस्यका साथै घरसँगै रहेको उनको पसलमा काम गर्ने दुई जना कामदार, सरसफाई गर्ने महिला, छिमेकी दम्पती, चिया पुर्‍याउने पसलेको परिवारका चार जना पनि संक्रमण भएको पुष्टि भएको थियो। 

पसलमा कार्यरत सङ्क्रमित एक कामदारकी श्रीमती, छोरी, भतिजा र भतिजी तथा अर्का कामदारकी ३२ वर्षीया श्रीमती पनि संक्रमित भएकी छिन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा नर्स पदमा कार्यरत छिन्। सङ्क्रमित सरसफाई गर्ने ३६ वर्षीया महिला पनि अस्पतालमा कार्यरत सरसफाई कर्मचारी हुन्। 

अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालका सबै १९८ चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा ४६ जना बिरामीको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा विष खाएर उपचाररत बिरामीमा शुक्रबार साँझ संक्रमण देखिएको थियो। अन्य सबै कर्मचारी, चिकित्सक र बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ। 

प्रकाशित मिति: १३:३८ बजे, शनिबार, साउन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्