Kathmandu Press

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत महिलाको मृत्यु

विराटनगर, साउन ९ :  मोरङको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ। 

आइसोलेसनमा भर्ना भएकी सुनसरी....

कोशी अस्पतालको आइसोलेसनमा उपचाररत महिलाको मृत्यु
फाइल

विराटनगर, साउन ९ :  मोरङको विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ। 

आइसोलेसनमा भर्ना भएकी सुनसरी इनरुवा नगरपालिका–३ की ४० वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो। श्वास प्रश्वासमा समस्या आएपछि ती महिलालाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। 

महिलाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ। कोरोना परीक्षणको रिपोर्ट भने आइनसकेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
 
प्रकाशित मिति: १८:५६ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्