Kathmandu Press

संसद् बैठक अवरुद्ध, सभामुखद्वारा १० मिनेटका लागि स्थगित

काठमाडौं, चैत १०: राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्वन्यायाधीश गिरिशचन्द लाल आयोगको मधेश आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद् बै....

संसद् बैठक अवरुद्ध, सभामुखद्वारा १० मिनेटका लागि स्थगित

काठमाडौं, चैत १०: राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्वन्यायाधीश गिरिशचन्द लाल आयोगको मधेश आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद् बैठक अवरुद्ध गरेको छ । सभामुख कृष्णबहादुर महराले आग्रह गर्दा पनि राजपा सांसद्हरू आफ्नो स्थानमा उठेर अवरोध गरेपछि १० मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।

सभामुख महराले संसद् शुरु गर्ने बित्तिकै आ–आफ्नो ठाउँमा उभिएका राजपा सांसद्लाई बस्न आग्रह गर्दै बोल्न समय दिएका थिए । उक्त समयमा बोल्दै राजपा सांसद् लक्ष्मणलाल कर्णले यसअघि आफूहरूले संसद् अवरोध गर्दा सरकारले मधेश आन्दोलनबारे छानबिन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न निर्देशन दिए पनि सरकारले बेवास्ता गरेको भन्दै विरोध गरे।

कर्णले भने, ‘सरकारको जन्म यसै संसद्बाट हुन्छ र सरकार यसप्रति उत्तरदायी हुन्छ भन्ने मान्यता हो ।’ सभामुखको रुलिङ पनि नमान्नु गम्भीर भएको उनले बताए।  

‘कानूनमन्त्रीले संसद्को रोष्ट्रममा उभिएर चाँडो प्रकाशित हुन्छ भन्नुभएको थियो तर आजका पत्रपत्रिकामा हेर्दा पनि देखिएन । सरकारले जनताको सम्पत्ति जनतासामु प्रस्तुत गर्नुपर्छ । त्यसका लागि दबाब दिन आजको संसद् फेरि अवरुद्ध गर्नुपर्ने अवस्थामा पुगेका हौं’, कर्णले भने।

सभामुख महराले राजपाका सांसद्हरूलाई बस्न अनुरोध गरे, ‘यसबारे सरकारले सकारात्मक जवाफ दिएकाले केही समय पर्खनुस् । बस्न आग्रह गर्छु ।’ राजपा सांसदहरूले आसन ग्रहण नगरी उभिइरहेपछि सभामुख महराले १० मिनेटका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, चैत १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्