Kathmandu Press

प्रहरीमा जागिर लगाइदिन्छु, भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, साउन ९ : प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्दै हिडेका एकजनालाई प्रहरीले  पक्राउ गरेको छ। काठमाडौं टोखा नगरपालिका ११ महादेवटार बस्दै....

प्रहरीमा जागिर लगाइदिन्छु, भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, साउन ९ : प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्दै हिडेका एकजनालाई प्रहरीले  पक्राउ गरेको छ। काठमाडौं टोखा नगरपालिका ११ महादेवटार बस्दै आएका पश्चिम रुकुम बाफिकोट गाउँपालिका ९ का २४ वर्षीय अनिल वलीलाई प्रहरीले पक्राउ गरेको  हो। 

उनले प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाइ पटकपटक गरी साढे ३ लाख रुपैयाँ ठगी गरी गरेका थिए। उनलाई प्रहरीले कीर्तिपुर नगरपालिका ४ भत्केपाटीबाट पक्राउ गरेको हो। 

उनको साथबाट प्रहरीले सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, कीर्तिपुर नगरपालिकाको नक्कली राजश्व संकलन पत्र र कबाडी संकलन विवरण जनगणना २०७७ लेखिएको कागज बरामद गरेको छ। त्यस्तै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आर्थिक सहयोग गरिदिने पत्रहरू, सदस्यता रसिद, कार्यक्रममा लगाउने अतिथि ब्याचहरु, वैज्ञानिक समाजवाद विप्लव लेखेको किताब लगायतका कागजातसमेत बरामद गरेको छ।

वलीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: १७:३८ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्