Kathmandu Press

काठमाडौंका थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रराज ट्रपिकल सरुवा रोग टेकुमा गरिएको परीक....

काठमाडौंका थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : काठमाडौं उपत्यकामा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

शुक्रराज ट्रपिकल सरुवा रोग टेकुमा गरिएको परीक्षणमा पाँच जनामा र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। 

यीसहित देशभर आज कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। 

त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।

कोरोनाका कारण ४४ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्