Kathmandu Press

सप्तरीमा एकै परिवारका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : सप्तरीको राजविराजका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सात मध्ये चार जना एकै परिवारका सदस्य रहेका छन्।

र....

सप्तरीमा एकै परिवारका चारसहित सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ९ : सप्तरीको राजविराजका थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सात मध्ये चार जना एकै परिवारका सदस्य रहेका छन्।

राजविराजमा चिया पसल सञ्चालन गर्दै आएका एउटै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये तीन पुरुष र एक महिला रहेकी छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज ६ की एक महिला, ९ की एक महिला र  ७ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको हो। 

चिया पसल सञ्चालक गत साउन १ गते कोरोना संक्रमणबाट मृत्यु भएका ७३ वर्षीय व्यापारीको छिमेकी हुन्। 

प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्