Kathmandu Press

साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरे मुद्दा 

काठमाडौं, साउन ९ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। 

अभिनेता केसीले शुक्रब....

साम्राज्ञी शाहविरुद्ध अभिनेता भुवन केसीले दायर गरे मुद्दा 

काठमाडौं, साउन ९ : अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन्। 

अभिनेता केसीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा अभिनेत्री शाहविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका हुन्।  केही समयअघि अभिनेत्री शाहले अभिनेता केसीले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। 

आफूमाथि निराधार र गलत आरोप अभिनेत्री शाहले लगाएकाले उनीविरूद्ध गाली बेइज्जती, चरित्र हत्या सम्बन्धी मुद्दा दर्ता गरेको अभिनेता केसीले बताएका छन्। उनले आफ्नो चरित्र हत्या गर्ने काम भएको भन्दै अभिनेत्री शाहलाई कारबाही गर्न माग गरेका छन्।

तर, अभिनेता केसीले भने आफ्नो चरित्र हत्या गरेको भन्दै अभिनेत्री शाहविरूद्ध कलाकार संघमा उजुरी दिएका थिए। तीन वटा फिल्म छायांकनका क्रममा र जापानमा भएको अवार्ड कार्यक्रममा अभिनेता केसीले आफूलाई दुर्व्यवहार गरेको आरोप अभिनेत्री शाहको छ।

अभिनेता भुवनले भने अभिनेत्री शाहले लगाएको आरोप अस्वीकार गर्दै आएका छन्। 
 

प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्