Kathmandu Press

आसाममा बाढीकाे कारण ९३ जनाको मृत्यु

आसाम, साउन ९ : भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षापछि आएको बाढीले ९३ जनाको ज्यान गएको छ। बाढीले ठूलो धनजनको क्षति गरेको छ। 

<....
आसाममा बाढीकाे कारण ९३ जनाको मृत्यु

आसाम, साउन ९ : भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षापछि आएको बाढीले ९३ जनाको ज्यान गएको छ। बाढीले ठूलो धनजनको क्षति गरेको छ। 

यस राज्यमा एक हप्तासम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो। 

आसाम राज्यको विपद् व्यवस्थापन विभागका अनुसार आसाममा शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ। बाढीका कारण कोहीको बगेर र केहीको डुबेर ज्यान गएको हो। बाढीको कारण २५ लाख मानिस नराम्ररी प्रभावित भएको विभागले जनाएको छ।

विभागका अनुसार यहाँका तीन सयभन्दा बढी चौपाया पनि मरेका छन्। यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन्। 

प्रकाशित मिति: १३:५० बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्