Kathmandu Press

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

मिसगाभ, साउन ९ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। 

मानिसले मदिरा सेवन गरेको छ छै....

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

मिसगाभ, साउन ९ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ। 

मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ। 

Hardik ivf

यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ।

परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ। यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ। 

प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए। तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनले बताए।

इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञानसहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्