Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटाईबाट मृत्यु भएको घटनाबारे छानबिन सुरु

काठमाडौं, साउन ९ : चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटपिटबाट एक स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको नेपाली सेनाले बताएको छ। शुक्रबार बिह....

चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटाईबाट मृत्यु भएको घटनाबारे छानबिन सुरु

काठमाडौं, साउन ९ : चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटपिटबाट एक स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको नेपाली सेनाले बताएको छ। शुक्रबार बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै सौनिकको कुटपिटबाट स्थानीयको मृत्यु भएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ।’

प्रकाशित मिति: १२:३६ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्