Kathmandu Press

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

पोखरा, साउन ९ : गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका चार जिल्लामा....

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

पोखरा, साउन ९ : गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका चार जिल्लामा १० जना संक्रमित थपिएका हुन्। आज कास्की, लमजुङ, बागलुङ र तनहूँमा कोरोना संक्रमित देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले बताए।

उनका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिकामा दुई जनामा कोरोना देखिएको छ। एक पुरुष र एक महिला हुन्।

त्यस्तै, पोखरा महानगरपालिकामा तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरु तीनै जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

लमजुङमा पनि तीन जनामा कोरोना देखिएको छ। उनीहरु क्होलासोथर, मध्यनेपाल र बेशिँसहरका हुन।

बागलुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनी तमानखोलाका वासिन्दा रहेको जनाएको छ।

एक जना कोरोना संक्रममित तनहुँका हुन्। उनी शुक्लागण्डकीका वासिन्दा भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज थपिएका १० संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ६० पुगेको छ। देशभर कोरोना संक्रमितको संख्या १८ हजार दुई सय ५१ पुगेको छ।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्